लुम्बिनी विकास बैंकको नाफा ५५.६९% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ५५.६९% ले बढेर ६७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ४३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।
खुद ब्याज आम्दानी ३०.१५% ले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ६०.०२% ले बढेर ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकको सञ्चालन नाफा ६० करोड ६३ लाख रुपैयाँ थियो ।
असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा ४७ करोड ९२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसाले बढेर २० रुपैयाँ ५७ पैसा (बार्षिक) पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा छ ।