सनराइज बैंकको खुद नाफा ४८.६९% ले बढ्यो |
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ ।
खुद नाफा ४८.६९% बढेको हो । यस बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएपछि खुद नाफा पनि बढेको हो । वितरणयोग्य नाफामा भने केही कमी आएको छ ।
असार मसान्तसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । सनराइजको रिजर्भ कोष र रिटेन्ड अर्निङ शीर्षकमा पनि सुधार भएको छ । यसको कस्ट अफ फन्ड केही बढेपनि खराब कर्जामा भने सामान्य कमी ल्याएको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसाले बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ ।