होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रुपमा सुरु |
काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा शुभारम्भ भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथी मार्टको टिममार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो ।
यो कम्पनी अन्तर्गत साथी मार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषि, कपडा ब्राण्ड, म.म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले बताएको छ ।
कम्पनीको स्थापनाले साथी मार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यसहित ठूलो कम्पनीको रुपमा स्थापित हुन चाहेको कम्पनीले बताएको छ । यस कम्पनीका संस्थापक अध्यक्ष, साथी मार्टका सिइओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन् भने ५ जनाको अनुभवी सञ्चालक समिति रहेको बताइएको छ ।