ग्लोबल आइएमई बैंकले बढायो नाफा |
काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा २५% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि भएकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी १७.५२% ले बढेर १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि २६.९०% ले बढेर ७ अर्ब ५६ करोड १ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसकोप्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।