आर्थिक संकटग्रस्थ श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै |
काठमाडौं । श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुँदैछ । यसअघिका गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा निर्वाचन हुन लागेको हो ।
आज हुने निर्वाचनका लागि कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दुल्लास अलाहप्पेरुमा र अनुरा कुमारा दिसानायकेले आफ्नो मनोनयन दर्ता गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए ।
Visited 1 times, 1 visit(s) today