डलरको भाउमा नयाँ रेकर्ड, नेपाली मुद्रा इतिहासकै कमजोर | १ डलर बराबर १२८.२६ रुपैयाँ
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ २६ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२७ रुपैयाँ ६६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।
भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । मंगलबारको सुरुवाती कारोबारमा भारु पनि इतिहासकै कमजोर बन्दै प्रतिडलर ८०.०५ रुपैयाँ पुगेको छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
Visited 1 times, 1 visit(s) today