आइफोनका तीन मोडल एक्सएस, एक्सएस म्याक्स र एक्सआर मंसिर ७ गतेदेखि नेपाली बजारमा |
काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेनरेशन नेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।
एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले नेपालमा वर्षौै देखि एप्पलका उत्पादनहरु विक्री गर्दै आएको छ । आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । साथै यो ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ ।
आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ । यो स्पेस ग्रे , सिल्भर , गोल्ड कलर अप्सनमा आउने छ । आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे , सिल्भर, गोल्ड कलर अप्सनमा आउने छ ।
सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीका आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर (बिर्तामोड) रहेका छन् । ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन् भन्ने थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंक www.gnextcom.com/check-service-tag मा गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्छन् ।