हिमालयन बैंकको मोवाइल बैंकिङ सेवा शुरु |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रुपमा मंसिर ४ गते बाट आफ्नो मोबाइल बैंकिङ एप (हाईएमबी) शुरु गरेको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले मोबाईल एप शुभारम्भ भएको घोषणा गरे ।
हेएर ईज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिन, चेक व्यवस्थापन गर्ने तथा आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिनसकिने बताइएको छ ।
यसैगरी बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिन, हाल बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्न, विभिन्न विलहरुको भुक्तानी गर्न तथा आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिन समेत यो एपबाट सकिनेछ ।
मोबाईल एप शुभारम्भ पछि बैंकका उपमहाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्नो ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए ।
उनले बैंकको प्रविधि सुरक्षा व्यवस्थालाई अझ सुदृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधि युक्त बैंक बनाउँदै लगिने उल्लेख गरे ।
यस बैंकले देशभरि भएका आफ्नो ५६ बटा शाखा तथा १०८ वटा एटिएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।