सानिमा मिडल तमोर हाइड्रोपावर आइपीओ अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड |
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।