प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता, अध्यक्ष आजाद र सिइओ सञ्चित हुने |
काठमाडौं । प्रभु र अजोड इन्स्योरेन्स पनि मर्जका लागि प्रारम्भिक सम्झौता भएको छ । एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको हो ।
दुई इन्स्योरेन्सको स्वाप रेसियो १००ः७० कायम गर्ने समझदारी भएको छ । मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स हुने र प्रमुख कार्यकारी अधिकृत (सिइओ)सञ्चित बज्रचार्या पभुबाट हुने सहमति भएको छ । अध्यक्षमा अजोडबाट अजाद श्रेष्ठ बन्ने छन् ।
आर्थिक वर्ष सकिन एक दिन बाँकी छदा प्रभु र अजोड इन्स्योरेन्स कम्पनीले पनि मर्जका लागि साइत जुराउने तयारीमा जुटेका हुन । प्रभु इन्स्योरेन्स एलायन्स इन्स्योरेन्सलाई प्रभु ग्रुपले खरिद गरेपछि नाम परिवर्तन गरेर प्रभु भएको पुरानो इन्स्योरेन्स कम्पनी हो । त्यस्तै, अजोड इन्स्योरेन्स पछिल्लो समयमा बीमा कम्पनीहरुले सञ्चालन पाएका बेलामा अनुमति पाएको नयाँ बीमा कम्पनी हो ।
अजोड इन्स्योरेन्ससँग यसभन्दा पहिला सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसँग पनि छलफल भएको थियो । तर, सानिमा इन्स्योरेन्स जनरल इन्स्योरेन्ससँग मर्ज गर्नका लागि सम्झौता समेत गरिसकेका छन् । निर्जीवन बीमा कम्पनीलाई बीमा समितिले चुक्तापुँजी वृद्धि गर्न बाध्यकारी निर्देशन जारी गरेपछि निर्जीवन इन्स्योरेन्सको चुक्तापुँजीे न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले न्यूनतम पाँच अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने भएको छ ।
अहिले प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड रहेको छ । त्यस्तै, अजोड इन्स्योरेन्सको १ अर्ब रुपैयाँ छ । दुई संस्था मर्जर भएपछि पनि चुक्तापुँजी बीमा समितिले तोके अनुसारको पुग्दैन । मर्जपछि यी दुई कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ मात्र हुन्छ ।
नयाँ बीमा कम्पनी अजोडमा पोखरा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा लक्ष्मी इन्टरकेन्टिनेन्टलका अध्यक्ष आजाद श्रेष्ठ अध्यक्ष रहेका छन् । भने प्रभु इन्स्योरेन्स कम्पनीमा प्रभु ग्रुपबाट कुशुम लामा अध्यक्ष रहेकी छिन् ।