प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच बिहीबार मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।
मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।