सहरी विकास मन्त्री चौधरीद्वारा इचङ्गुनारायण जग्गा एकीकरण आयोजनाको अनुगमन |
काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा संचालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले मन्त्रीको स्वागत गर्नुका साथै प्रवेश मार्ग, ढल लगायतका समस्या राखेका थिए । “समस्या समाधान गर्न म तत्काल पहल गर्नेछु । तपाईहरु धमाधम काममा लाग्नुहोला ।“– मन्त्री चौधरीले भने ।
सचिवालयको टिम सहित अनुगमनमा पुग्नुभएका मन्त्री चौधरी सङ्गै मन्त्रालयका सचीव रमेश सिँह, विकास आयुक्त जानुका ढकाल, नायव विकास आयुक्त नारायण भण्डारी, उप महानिर्देशक दिलिप भण्डारी , आयोजना प्रमुख सुरेश रेग्मी लगायतको उपस्थिति थियो ।
Visited 1 times, 1 visit(s) today