भ्रष्टाचारको आरोपमा निसान मोटरका अध्यक्ष पक्राउ |

काठमाडौं । जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको बिभिन्न समाचार सस्थाहरुले जानकारी दिएका छन् । जापानी मिडियाका अनुसार वित्तीय कानुनको मिचेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।
६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ । कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) हुन् । कार्लोस जापानका टप सीईओहरु मध्ये एक हुन ।
सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय ककार्लोसार्लोसलाई नै जान्छ ।
भ्रष्टाचारको आरोप लागेकाले सम्भव कार्लोसलाई प्रमुख पदबाट हटाइने समाचार एजेन्सीहरुले जनाएका छन् । निसान कम्पनीकै एक डाइरेक्टर ग्रेग केलीलाई पनि भ्रष्टाचार आरोप लागेको छ । उनलाई पनि त्यस्तै प्रकृतिको कारबाही हुने समाचारमा उल्लेख छ ।