नेपालले गर्यो जापानसँग सीधा हवाई सेवा शुरु गर्ने प्रस्ताव |

काठमाडौं । जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पक्षीय सीधा हवाई सेवा शुरु गर्न जापानसँग प्रस्ताव गरेका छन्। । मन्त्री ज्ञवालीले समकक्षी तारो कोनोसँगको भेटमा दुई देशबीच सीधा हवाई सेवा शुरु गर्न प्रस्ताव गरेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नेपालले हालै किनेको दुईवटा वाइडबडी जहाजका लागि गन्तव्य खोज्ने क्रममा नेपालले सीधा हवाई उडानका लागि जापानसँग प्रस्ताव गरेको छ । नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवद्र्धनमा सहयोग गर्न पनि मन्त्री ज्ञवालीले आग्रह गरेका छन्।
गत असारमा नेपाल र जापानबीच द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । दुई देशबीच हवाई सम्झौतामा पुनरावलोकन भएसँगै नेपाललाई जापान जाने बाटो खुलेको थियो । दुई देशबीच सातामा १४ उडान गर्ने सम्झौतामा उल्लेख छ ।
दुई मन्त्रीबीच ३५ करोड जापानी ऐन बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यो रकम खाद्य सुरक्षाका लागि उपयोग गरिने मन्त्रालयले जानकारी दिएको छ ।