राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यक्रमका लागि अनुदान दिने |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित प्रभावकारी ऊर्जा बचत कार्यक्रमको परियोजना कार्यान्वयन इकाइका रुपमा काम गर्ने भएको छ । जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशतसम्म अनुदान रकम वाणिज्य बैंकमार्फत उपलब्ध हुने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
यस अनुसार नेपालमा संचालित ठूला साना र मझौता उद्योग र फर्महरुलाई मितब्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी उपकरण जडान गर्दा वाणिज्य बैंकबाट अनुदान रकम उपलब्ध गराइने बताइएको छ ।
यस आयोजना अन्तर्गत कुनै एक इकाइले न्यूनतम १० लाख देखि १ करोड रुपैयाँसम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमका लागि दरखास्त दिन पाउने पनि बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यसका लागि नेपालमा संचालित ठूला साना र मझौला उद्योग तथा फर्महरुले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सहायता रकमका लागि दरखास्त दिन सक्नेछन्। । साथै अन्य कुनै पनि वाणिज्य बैंकबाट ऋण लिन समेत सकिने बैंकले जारी बिज्ञप्तीमा उल्लेख छ ।