एनएमबि बैंकले गर्याे फ्लाइवाइरसंग समझदारी, अबअन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाईनबाटै गर्न सकिने |
काठमाडौं । एनएमबि बैंकले विदेशमाअध्ययनरत तथा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीकालागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ । यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्वभरका एक हजार ७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीकालागि नेपालको एकमात्र बैंक भएको छ ।
नेपालबाट विदेशमा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीकोलागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
“फ्लाईवायरसंगको सहकार्यले हामी ग्राहकहरुको लागी विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं । हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुको लागी अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागी एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।
“हाम्रा अष्ट्रेलिया, अमेरिका, क्यानाडाका र अन्य सबै ग्राहकहरुले पनी नेपालबाट अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई अझ सरल भुक्तानी माध्यमको लागी सोधिरहेको सन्दर्भमा हामी एक अद्वितीय भुक्तानी सुविधा प्रदान गर्न एनएमबि बैंक संग सामझदारी गर्न उत्साहित छौं ।“ ग्लोबल एजुकेशन, फ्लाइवाइरका इभीपी शेरोन बटलरले भने ।