४० प्रतिशत उद्योग मात्रै पूर्ण उत्पादन क्षमतामा सञ्चालन |
काठमाडौं । नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रिय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ।
तथ्यांक विभागले शुक्रवार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो।
विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५.४९ प्रतिशत र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशत भन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताए।
उनले साना उत्पादनशिल औद्योगिक प्रतिष्ठानहरुमा १० जना भन्दा कम व्यक्तिहरु संलग्न भएकामध्ये करिव ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको बताए। निर्देशक आचार्यले ६० प्रतिशत साना उद्योग तथा प्रतिष्ठानहरुले भने ऋण नलिएको र बैंकिङ प्रणाली भन्दा बाहिर रहेको बताए।
सर्वेक्षण अनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ । औद्योगिक प्रतिष्ठानहरुमा करिव ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पती रहेको तथ्यांक सर्वेक्षणले देखाएको छ ।
त्यस्तै,सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ। ६० हजार मध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पदान उद्योग ६५ हजार ६११ विद्युत सेवा ९९४ र पानी, फोहोर लगायत क्षेत्रमा काम गर्ने २ हजार २२४ उद्योग रहेका छन्।
विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औधोगिक प्रतिष्ठान उद्योगहरुमा ४ लाख ९१ हजार २२७ जना मानिसहरुले रोजगारी पाएको देखाएको छ । जसमा खानी तथा उत्खनन् क्षेत्रमा ६ हजार ४८५ ,औद्योगिक उत्पदान उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोर लगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको देखाएको छ ।
सर्वेक्षणले चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई तलव तथा सुविधा गरेर १ खर्ब ७ अर्ब ८९ करोड रहेको देखाएको छ ।