मङ्सिर १५ भित्र सबै तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने |
काठमाडौं । आगामि पांच बर्षमा ५ लाखलाई रोजगार दिने लक्ष्य सहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको छ । सबै ७५३ स्थानीय तहबाटै यो कार्यक्रम एकसाथ संचालन हुने बताइएको छ । प्रत्येक स्थानीय तहको लागि केन्द्रले एक−एक जनाको दरले प्रतिनिधि खटाउनेछ । यस कार्यक्रम मार्फत प्रत्येक बर्ष एक लाखलाई रोजगार दिने सरकारको लक्ष्य छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्नेछ । प्रत्येक केन्द्रमा सूचना व्यवस्थापन प्रणाली हुनेछ । उक्त प्रणालीले श्रमिकको आवश्यकता रहेको क्षेत्र पहिचान गरि सोहि अनुसार वेरोजगारी दर्ताको लागी सूचना प्रकाशन गर्नेछ ।
प्रकाशित सूचना बमोजिम आफू वेरोजगार रहेको व्यहोरा जानकारी गराउँदै निवेदन पेश गर्नुपर्नेछ । निवेदनलाई अनलाईन प्रणाली मार्फत छनौट गरी केन्द्रले दर्ता गर्छ र श्रमिकको आवश्यक रहेको स्थानमा निबेदकलाई खटाउनेछ ।
एक बर्षमा न्यूनतम सय दिन काम नपाएकाले रोजगार पाउनेछन भने नेपाल सरकारले तोकेको पारिश्रमिक नपाएकाले समेत निवेदन पेश गर्न सक्नेछन ।
नेपाल सरकारले सञ्चालन गरेको यस कार्यक्रममा योग्यता अनुरुपको श्रमको व्यवस्था छैन । शैक्षिक योग्यता राम्रै भएनि यस केन्द्रले जुन ठाउँमा तोक्यो सोहि काम गर्नुपर्ने हुन्छ । बाटो खन्ने कामदेखि लिएर निर्माण स्थलको ज्यालादारीसम्मको कामलाई केन्द्रले समेटेको हुन्छ ।