एकै दिन १६ सयले घट्यो सुनको मूल्य ː प्रवक्ता साह |
काठमाडौं । विश्व बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मुल्य खस्किएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार विश्व बजारमा सुनको मुल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । महासंघका प्रवक्ता मनोज कुमार साहका अनुसार यो साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
उनका अनुसार अमेरिकी डलरको विनिमगदरका भएको वृद्धिसँगै लगानीकर्ताहरु डलर तर्फ आकर्षित भई सुन विक्रीको चाप पर्न थालेपछि सुनको मुल्यमा कमी आएको हो ।
उनका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको प्रवक्ता साहले बताए ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको साहतले बताए ।
Visited 1 times, 1 visit(s) today