गलत सूचनाबारे गाउँको प्रशिक्षक नै बनेका जनक |
काठमाडौं । जनक बहादुर रावत, सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ६ का स्थानीय बासिन्दा हुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेका जनकले गत माघ महिनामा गलत सूचना, भ्रमित सूचना र घृणष्पद अभिव्यक्रिबारे तालिम लिए । त्यसपछि भने उनी समाजमा अरुलाई त्यही तालिममा आफूले सिकेको कुरा सिकाउँदै आएका छन् । प्लान इन्टरनेसनल, युथहब र युवालयको सहकार्यमा भएको पाँच दिने तालिम लिएपछि उनि आफै गाउँको प्रशिक्षक नै बनेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जाल चलाउनेको संख्या दिनहुँ बढिरहेको छ । तर, सञ्जालमार्फत फैलाइने कयौं सूचनाहरू गलत हुने र भ्रम छर्ने गरेको पनि पाइन्छ । सामाजिक सञ्जालबाट फैलिने सूचनाहरूले पिडामा परिरहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सुरज गुरुङले गत माघ महिनामा एक तालिम लिए । बाँकेबाट सहभागी भएका सुरजले त्यसअघि सामाजिक सञ्जालबाट प्रवाहित हुने विभिन्न सूचनाहरूको आधिकारिकतबाारे उनी बुझ्दैनथे । जसका कारण भेटिएका सबै सूचनाहरू पत्याउथे । कतिपय सूचनाहरूमा उनी जथाभावी प्रतिक्रिया पनि गर्थे । सोही काराण दुःखी हुन्थे । तर, अहिले दुःखी हुनुहुँदैन भन्ने सिकाउँदै आउका छन् ।
आफूले पनि सिकेको र सिकाउँन पाउँदा आजभोली निकै खुशी भएको उनी बताउँछन् । उनी भन्छन्, “सामाजिक सञ्जालमा पाएका कतिपय सूचना झुठा हुन्छन्, कसैका स्वतन्त्र अभिव्यक्ति हुन्छन् भन्नेबारे मलाई थाहा नै थिएन । जथाभावी शेयर गर्थें अनि जथाभावी कमेन्ट गर्थें कतिपय अवस्थामा म एकदमै दुःखी पनि भएको छु । तर, अहिले अवस्था फेरिएको छ । मैले यी कुरा बुझेर खुशी भएको छु ।”
उनले तालिम लिएपछि गत सूचना, भ्रामक सूचना र स्वतन्त्र अभिव्यक्ति हुन्छन् भने कुरा छुट्याउने तरिका थाहा पाएका छन् भने गलत सूचनाबाट हुने नोक्सानी र त्यसबाट बच्ने कुराहरूबारे पनि थाहा पाएका छन् ।
उनले सामाजिक सञ्जाललाई जथाभावी प्रयोग नगर्न सुझाव दिदै भने, “मैले मेरो व्यक्तिगत कुरा भनेर सामाजिक सञ्जालमा धेरै कुराहरू राखिररहेको हुन्छु । तर, त्यो धेरैले परिढरहेका ुहन्छ । त्यसकारण पहिलो कुरा त सामाजिक सञ्जाल चलाउनेले नै सही कुराहरू मात्रै शेयरु गर्नुप¥यो भने शेयर र कमेन्ट गर्दा पनि विशेष ख्याल गर्नुपर्छ ।”
Visited 1 times, 1 visit(s) today