अब फिल्म ʽगोपीʼ माघ १८ गते प्रर्दशन गरिने |
काठमाडौं । फिल्म ʽगोपीʼ को पर्दशन माघ १८ गते हुने भएको छ । विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत अभिनीत फिल्म ʽगोपीʼ को प्रर्दशन मितीमा केही हेरफेर गरिएको हो । यस अघि यो फिल्मको प्रर्दशन मिती चैत्र १५ लाई तोकीएको थियो ।
निर्माण पक्षका अनुसार फिल्मको पोस्टप्रोडक्सनको काम चाँडै सकिएको र देश बिदेशका दर्शक शुभचिन्तकबाट फिल्म चाँडै प्रर्दशन गर्न सल्लाह आएपछि २ महिना अगाडी नै प्रर्दशन गर्नु परेको बताईएको छ ।
आरोही ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ʽगोपीʼ लाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गरेका हुन । यस फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल र निर्माता मणीकर्ण केसी रहेका छन् ।
सोमबार नयाँ प्रर्दशन मिती तोक्दै निर्माता मणीकर्ण केसी र बितरक मनोज राठी,उज्जल पौडेल बिच सम्झौता भएको छ ।