भजिन्द्रबहादुर कोरियन मानार्थ नागरिकताबाट सम्मानित |

काठमाडौं । संस्कृति आदान प्रदान एवं सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याएबापत कोरियाको सौल महानगरपालिकाले कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक वर्ष मानार्थ कोरियन नागरिकता प्रदान गर्दै आएको छ । यस वर्ष नेपालीमूलका समाजसेवी भजिन्द्रबहादुर क्षेत्रीलाई मानार्थ कोरियन नागरिकता प्रदान गरिएको छ ।
कोरियामा बसोबास गर्ने बिदेशी नागरिकलाई हरेक वर्ष प्रदान गरिने उक्त सम्मानले नेपाल र कोरियाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सो सम्मान दिइएको हो ।
सौलमा आयोजना गरिएको बिशेष समारोहमा क्षेत्रीसहित २२ देशका नागरिकलाई सो मानार्थ नागरिकता प्रदान गरिएको हो । उक्त कार्यक्रममा बोल्दै क्षेत्रीले यो सम्मान कोरियामा रहेका करिब ४० हजार नेपाली र नेपालको सम्मान भएको बताए । सम्मानले अझै जिम्मेवारी थपेको र आगामी दिनमा यसको मर्म अनुसार कार्य गर्ने बताउँदै बिकसित मूलुक कोरियाको प्रबिधि र बिकासका उत्कृष्ट नमूना नेपालमा भित्राउने अभियानमा लागि पर्ने बताए ।
नेपालको बाग्लुङ्ग जिल्लामा जन्म भइ बुटवलमा बसोबास गर्दे आभएका क्षेत्री बिगत १४ वर्षदेखि कोरियामा छन् । क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी र प्रशिक्षकसमेत हुुन् भने सोही क्षेत्रमा नेपाल र अन्तरराष्ट्रियस्तरमा विभिन्न पदकहरुसमेत जितेका छन् ।
यसअघि २००९ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तेक्वान्दो खेलको क्षेत्रमा उच्च योगदान पु¥याए बापत उनलाई सम्मान गरेका थिए भने २०१२ मा क्युक्वेनका अध्यक्षबाटसमेत उनले उच्च सम्मान पाएका थिए ।