नेपाल लाइफसहित थप ३ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक गरेको छ ।
बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।
बोर्डले नेपाल लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र एनएमवि सरल बचत फण्डलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।
योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०९ वटा पुगेको छ ।