शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा, मूल्य कति? |
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘शाओमीले स्मार्टफोनहरूको सन्दर्भमा आफ्नो सिमा फराकिलो पार्दै विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौँ ।’
उक्त मोबाइल दुईवटा स्टोरेज भेरियन्टमा उपलब्ध छन्, जसको मूल्य क्रमशः रु. ३४,९९९ र रु. ३६,९९९ रहेको छ ।