कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा लाग्ने करबारे भ्रममा नर्पन आग्रह |
काठमाडौं । नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा फिर्ता भुक्तानी गर्दा लाग्ने कर सम्बन्धमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा द्विविधाका समाचार आईरहेकोले सो सम्बन्धमा सस्थाले स्पष्ट पारेको छ ।
स्वीकृत अबकाश कोषमा ५ लाख रुपैयाँसम्म जम्मा भएको रकम फिर्ता भुक्तानी गर्दा कुनै कर लाग्दैन । त्यस्तै ५ लाखदेखि १० लाख रुपैयाँसम्म ५ प्रतिशत र १० लाख रुपैयाँभन्दा माथि जम्मा भएको रकम फिर्ता भुक्तानी हुँदा उक्त रकमको ५० प्रतिशत घटाई बाँकी रकमको ५ प्रतिशत कर कट्टि गरी भुक्तानी हुने ब्यवस्था यथावत कायम रहेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिएका छन् ।