ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा |
काठमाडौँ । ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथलीमा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
महालक्ष्मी नगरपालिका वडा नं ५, ललितपुरस्थित टिकाथली शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
साथै, ग्राहकहरुको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजैदेखि एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।
उपत्यका र उपत्यकाबाहिर गरी बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।