चुनावमा ६० प्रतिशत बढी युवालाई अगाडी सार्नुपर्छः महर |
काठमाडौं । नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न चुनावको टिकट वितरण जस्तो कुरामा पार्टी गम्भीर बन्नुपर्ने बताएका छन् । युवा नेता महरले पार्टीले आसन्न प्रतिनिधीसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावमा ६० प्रतिशत बढी युवालाई अगाडी सार्नुपर्ने बताएका हुन् ।
महरले आफ्नो पार्टीभित्रको व्यवस्थापनलाई ध्यान दिएर अरु पार्टीसँग गठबन्धनमा जान कांग्रेसका लागि हितकर हुने बताएका छन् । देशभर एक्लै चुनावमा जादा समेत पार्टीभित्र असन्तुष्टि देखिएर चुनावमा असहयोग भएको विगतलाई हेर्नुपर्ने बताउदै महरले नेताहरुको स्वाभिमानलाई ख्याल नगरी अर्कै तरिकाले टिकट वितरण गरिए बिष्फोटको सम्भावना समेत रहेकाले त्यसका लागि पार्टीभित्र गहन रुपमा छलफल चलिरहेको बताए । नेता महरले पार्टीभित्र टिकट वितरणपछि गतविगतमा देखिदै आएको असन्तुष्टिलाई विचार गरेर यसपटक यो समस्यालाई हल गर्ने कुरामा ध्यान दिइने बताए ।
'गठबन्धनसहित चुनावमा गए कसरी जाने भागबण्डाको मोडल कस्तो हुने र नगए कसरी जाने र कसलाई टिकट दिने र टिकट नपाउने साथीहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने कुराको वातावरण निर्माण गर्नुपर्छ, नेता महरले भने, कांग्रेसभित्र असन्तुष्ट साथीलाई सम्झाउने प्रवृति छैन् । पार्टी र देशप्रतिको सबैको प्रतिबद्धता बराबर हुन्छ । त्यसकारण टिकट वितरण गर्दा होस् वा अन्य अवसर दिदा होस् असन्तुष्ट व्यक्तीलाई सम्झाउने प्रवृतिको विकास गरिनुपर्छ ।'
प्रजातान्त्रि पद्धतिमा चुनावका बेला पार्टीभित्र सिर्जना हुने गुटउपगुटलाई स्वभाविक रुपमा लिनुपर्ने उनले बताए । आफूहरु पार्टीलाई नचुहिने छाताजस्तै साझा बनाउने अभियानमा लागेको महरको भनाई थियो ।
Visited 1 times, 1 visit(s) today