एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुकिङमा २० प्रतिशत ‘क्यास व्याक’ |
काठमाडौँ । एनआइसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ ।
बैंकले आज (असार १२) देखि आगामी १८ गतेसम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् ।
डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एसिया मोबैंक मार्फत टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एवं दोस्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।