कतार जाने कामदारको स्वास्थ्य परीक्षण अब नेपालमै, सबै खर्च रोजगारदाताले व्यहोर्ने |

काठमाडौं । खाडीका केहि मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न सरकारले केहि स्वास्थ्य परिक्षण संस्थालाई अनुमति दिएको छ। तर कतारले भने आफ्नो देशमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।
यसका लागि कतारको स्वास्थ्य मन्त्रालय मातहत रहेर कामदारको स्वास्थ्य परीक्षण गर्ने,औठा छाप लिने तथा अभिमुखीकरण तालिम दिने संयन्त्र सहितको ुभिसा सेन्टरु स्थापना गर्न लागेको नेपाल स्थित कतारी दूतावासले जनाएको छ।
यस नयाँ पद्धतिले गर्दा अब बिदेशमा स्वास्थ्य परिक्षणमा अनुत्तीर्ण भएर फर्कने र ठुलो धनराशि खेर जाने समस्या नितान्त रुपमा खारेज जस्तै हुनेछ। बिगतमा कतारमा रहेर कुनै मुद्दा मामिला वा कुनै कानुनी समस्या भएर फिङ्गर प्रीन्ट क्लिएर नहुने र अकामा आवासिय भिसा नलाग्ने र स्वदेस फर्किनु पर्ने समस्याको पनि अन्त्य हुने बिश्वास छ।
नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले नेपालमा स्वास्थ्य परीक्षण पास भनिएका कामदार त्यहाँ गर्ने स्वास्थ्य परीक्षणमा फेल भइरहेको संचारकर्मीलाइ बताएका छन्। ुकामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय ढंगमा गर्न हामीले धेरै पल्ट आग्रह गर्यौ तर हाम्रो आग्रहलाई गम्भीर ढंगमा लिइएन, अब हामी नेपालमै कामदारको स्वास्थ्य परीक्षण गर्छौु उनले भने।
भिसा सेन्टर भनेपछि भिसाको पनि काम भन्ने बुझिन सक्छ भन्दै उनले आफुहरुले भिसा नदिने बताए। उनका अनुसार कतार पुगेर कामदार र कम्पनी बीच हुने सम्झौता लगायतका अन्य सबै काम नेपालमै हुन्छ। कामदार कतार पुगेको भोलि पल्ट देखि नै काममा जान सक्छन।
भिसा सेन्टरमा स्वास्थ्य परीक्षण गरेको कुनै शुल्क तिर्नु नपर्ने राजदुत हेलको भनाई छ। हाल भइरहेको गृहकार्यमा केही रोकावट नआए ढिलोमा अबको दुई सातापछि कतार जाने कामदारले स्वास्थ्य परीक्षण गर्न कुनै शुल्क तिर्नु नपर्ने विश्वास लिइएको छ। कामदार आपूर्ति गर्दा लाग्ने सबै खर्च कतारकै रोजगारदाताले व्यहोर्ने उनले बताए।
उनका अनुसार स्वास्थ्य परिक्षण वा कुनै बहानामा कामदारसंग पैसा लिएको पाइएमा त्यस्ता म्यानपावरलाई कालोसुचिमा राखिनेछ। आजाद भिसाका नाममा हुने ठगि रोक्न कतारले भिसा प्रक्रियाका सबै काम स्रोत मुलुक बाटै गर्न लागेको दूतावासको भनाइ छ।
स्वास्थ्य परीक्षण, औठा छाप अभिमुखीकरण तालिम तथा कामदारको करार पत्र नेपालमै गर्ने कतारको प्रयासलाई सिन्डिकेट लाद्न गरिएको रणनीतिका रुपमा लिइएको केहि म्यानपावर व्यवसायीको आशंका छ। यद्दपी राजदूत हेलले भने कतार रोजगारीमा कुनै एकाधिकार वा सिन्डिकेट नहुने प्रस्ट पार्दै आफुहरु सिन्डिकेटको पक्षमा नभएको बताए। भिसा सेन्टर खोलिएपछि अहिले मेनपावरमा आएका मागहरु मेनपावरमै आउँने उनको भनाई छ। कतार रोजगारलाई व्यवस्थित सहज सरल र निशुल्क बनाउने कतारको उदेश्य भएको उनले बताए।
कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंको महाराजगन्ज चक्रपथ स्थित सेलवेस बिल्डिङ्ग को दोस्रो, तेस्रो र चौथो तलामा आफ्नो सर्भिस सेन्टर स्थापना गरेको हो।
उक्त सर्भिस सेन्टरको उद्घाटन २५ नोभेम्बर २०१८ मा हुने जनाइएको छ। सो भवनमा १८ वटा मेडिकल काउन्टर र १० वटा फिङ्गर पृन्ट काउन्टर तथा सम्झौता पत्र बुझ्ने काउन्टर स्थापना हुने काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।