ङादी ग्रुप पावरद्वारा १५० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तय |
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।
कम्पनीले १ बराबर १.५ अनुपातमा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २० गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशतका दरले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।