काठमाडौं महानगरपालिकासँग सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्य |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आह्वानप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले आफ्नो प्रमुख कार्यालयको भूइँतलामा अवस्थित शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गन दिने भएको हो ।
शौचालय सञ्चालनका लागि काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा विगत १५ वर्षदेखि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।