ओप्पो ए१६के ३ जिबी -याम ३२ जिबी रोम र ४ जिबी -याम ६४ जिबी रोमका साथ बजारमा |
काठमाडौँ । ओप्पो ए१६के ३ जिबी -याम + ३२ जिबी रोम र ४ जिबी -याम + ६४ जिबी रोम लार्ज मेमोरी र स्टोरेजका साथ अब बजारमा उपलब्ध छ । ३ जिबी भेरियन्टको मूल्य मात्र १५ हजार ९९० रुपैयाँ र ४ जिबी भेरियन्टको मूल्य १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।
पछिल्ला केही बर्षहरुमा, प्रविधिको विकासले विश्व र मानव जीवनमा नवीनतम परिवर्तन ल्याइरहेको छ । अग्रणी प्रविधिहरुका साथ ओप्पो सबैका मागहरु पूरा गर्न प्रतिबद्व छ । जीवन, सपना र सद्गुणहरु जस्ता सामाजिक जिम्मेवारीहरु पूरा गर्छौं र धेरै मानिसरु र उद्योगहरुलाई लाभ पु-याउँछौ । यो दिगो विकासको भावना हो जसलाई सबैसँग मिलेर समाजलाई अगाडी बढाईरहेको छ ।
ओप्पोले थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाईलिश र टिकाउ उपकरण उत्पादन गर्दै ओप्पो ए१६के को १६.६६ से.मी. ६.५२ एच् डी वाटरड्रप स्क्रिनलाई थप परिमार्जित र १६००ह्७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरुका रुपमा लिईएको छ । यो ४२३० एमएएच् लामो समयसम्म चल्ने ब्याट्रीले सुसज्जित छ ।
यो फोनको रियर क्यामेरामा कस्मोपोलिटन, ऐस्ट्रल र ड्याजल सहित तीन नयाँ नाईट फिल्टर सुविधा थप गरिएको छ । यी सबै प्रयोगकर्ताहरुलाई सुन्दर, व्यावसायिक शटहरु खिच्न मद्दत गर्न डिजाइन गरिएको हो । यसमा ५ एक्स डिजिटलजुमको साथ १३ एमपी फ्रन्ट क्यामेरा छ । यसले प्रयोगकर्ताहरुलाई उत्पादनशील र मनोरञ्जन गर्न आवश्यक परेको बेला थप क्षमता गर्दछ ।
थप रुपमा, ए१६के मा भिडियो प्यारामिटरहरु, भिडियो फिल्टर शैलीहरु सोलुप सम्पादन सुविधाहरु पनि पाईन्छ, यसमा सफ्ट, आफ्टरनुन्, लाईट फिल्म, रिच, प्योर, प्लेन, नोस्टाल्जिक, वेस्टर्न, ट्वाइलाइट र मोनोक्रोम जस्ता १० फिल्टरहरु समावेश छन् । सोलुप सम्पादनमा संगीत, सम्पादन, उपशीर्षक र फिल्टरहरु पहिचान गर्न सकिन्छ ।