नेपाल लाइफले पोखरामा १८ करोडको घरजग्गा खरिद गर्याे |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कार्यालय प्रयोजनको लागि १८ करोड ११ लाख २५ हजार रुपैयाँको घरजग्गा किनेको छ ।
कम्पनीले बीमा समितिबाट जेठ ३० गते कार्यालय प्रयोजनको लागि घरजग्गा खरिद गर्न अनुमति पाएको थियो ।
समितिबाट अनुमति पाएपछि कम्पनीले कास्कीको पोखरा महानगरपालिका–८ न्युरोडमा दुई वटा घर सहित २९९ वर्ग मिटर क्षेत्रफलको जग्गा खरिद गरेको हो ।
बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नम्बर ९२ को जग्गा सहित दुई वटा घर १७ करोड २५ लाख रुपैयाँमा र रजिष्ट्रशन शुल्क ८६ लाख २५ हजार रुपैयाँ गरी १८ करोड ११ लाख २५ हजार रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।