नबिल बैंकमा आकर्षक सुविधासहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा |
काठमाडौं । नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्ड्ली बिजनेस लोन’ जारी गरेको छ ।
बैंकले फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरू, पर्यावरणमैत्री व्यवसायहरू तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तीय आवश्यता पूरा गर्न आकर्षक सुविधासहितको न्यून ब्याजदर भएको नयाँ कर्जा योजना ल्याएको हो ।
यस कर्जा योजनाअन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलव ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरूको व्यवसाय बढाउन मद्दत गर्नका लागि क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरू प्रदान गरी व्यवसायीहरूमाझ वित्तीय पहुँचमा जोड दिनेछ ।
साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवाहरू वितरणलाई सहज बनाउने उद्देश्यले ‘नबिल एसएमई सहकार्य योजनामा’ आबद्ध गराउनेछ ।