एनआईसी एशिया बैंकद्वारा ३० लाख रूपैयाँकाे बीमा रकम भुक्तानी |
काठमाडौं । एनआईसी एशिया बैंकले ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ३० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खाेलेका तीन जनालाई बीमा रकम बुझाएकाे हाे ।
बीमा पाउनेमा यस बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेका बिमला दाहाल रहेका छन् । बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,०६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड १० लाख रूपैयाँ, दुर्घटना बीमा वापत ४० लाख रूपैयाँ र मेडिकल बीमा वापत २ करोड ६१ लाख रूपैयाँ गरी कुल ५ करोड ११ लाख रूपैयाँभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।
बैंककाे मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेकाे छ ।