आमरण अनशन बसेका कोइरालाको स्वास्थ्य अवस्था जटिल |
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
विगत ६ दिनदेखि बोर्ड अगाडि आमरण अनशन बसेका कोइरालाको स्वास्थ्य अवस्था खराब हुदै गएपछि अस्पताल भर्ना गर्ने तयारी भइरहेकाे अनशन स्थलमा सहभागी एक लगानीकर्ताले बताए। पहिलेदेखि सुगर र प्रेसरले ग्रस्थ कोइरालालाई आज विहानदेखि ज्वरो र वान्ता हुन थालेपछि अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको ती लगानीकर्ताको भनाइ छ।
कोइरालाको सुगर प्रेसरको मात्र अत्यान्त न्यून भएको डाक्टरले यसअघि नै जानकारी गराएका थिए। पूँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइराला विगत ६ दिनदेखि १९ बुँदे मागसहित आमरण अनशनमा छन्।
पूँजी बजारको सुधारका लागि लगानीकर्ताले दैनिक रुपमा प्रदर्शनी समेत गर्दै आएका छन्। अझ दबाब र्सिजना गर्नको लागि आज पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन। लगानीकर्ताले केन्द्रीय बैंक र धितोपत्र बोर्डमा पनि ज्ञापनपत्र बुझाइसकेका छन ।
झण्डै एक हप्ता लामो आमरण अनशन बस्दा पनि सरकारी पक्षबाट लगानीकर्तालाई बार्तामा बोलाइएको छैन्। लगानीकर्ताले माग पुरा नभएसम्म लगानीकर्ताले आमरण अनशन र अन्य दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन्।