कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएको छु |
भुवन राज जोशी, शेर्पा हस्पिटालिटी ग्रुप
आजभोलि सामाजिक सञ्जालमा निःशुल्क जागिर लगाइदिने भन्दै थुप्रै संस्थाहरु सक्रिय छन् । तर उनीहरुले शुरुमा निःशुल्क भने पनि फर्म भर्न र अन्य सहयोग भन्दै उम्मेदवारहरुबाटै उल्टै शुल्क उठाइरहेको भेटिन्छ । तर कुमारी जब भने विगत ८ वर्ष देखि निःशुल्क रुपमा अवसर प्रदान गर्दै आइरहेको छ र यसका सेवाग्राहीहरु पनि अत्यन्तै सन्तुष्ट रहेका छन् । यसै सन्दर्भमा शेर्पा हस्पिटालिटी ग्रुपको ह्युमन रिसोर्स डिपार्ट्मेन्टमा भाईस प्रेजिडेन्टको रुपमा कार्यरत भुवनराज जोशीसँग बगरिएको कुराकानीको संक्षिप्त अंश ː
कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
कुमारी जबसँग हाम्रो पहिला देखि नै कनेक्सन थियो ।
कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
अपेक्षा भन्दा पनि वहाँँहरुले जसरी सम्पूर्ण काम एकदम प्रोफेसनल्लि गर्नुहुन्छ त्यसबाट म एकदमै प्रभावित छु । वहाँँहरुले जसरी आफ्नो सेवाग्राहिहरुको सुचना गोप्य राख्नुहुन्छ त्यो पनि मलाई अत्यन्तै राम्रो लाग्छ ।
अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?
अत्यन्तै सन्तुष्ट छु ।
अन्त्यमा कुमारी जबलाई केहि सन्देश दिन चाहनुहुन्छ ?
अब वहाँहरुको प्रोफेसनल टिम छ, दुरदर्शी नेतृत्व छ । आफ्नो उपभोक्ताहरुको सुचनाको गोपनीयता कायम राख्नु भएको छ, सेवाग्राहिहरुलाई खोजेको जस्तै सेवा दिनुहुन्छ । यस्तै सेवा प्रदान गर्दै जानुहोस् यहि नै शुभकामना दिन चाहन्छु ।