नेपालमा रियलमी जिटी नियो ३ सँगै जिटी २ प्रो सार्वजनिक |
काठमाडौं । रियलमीले सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको सो स्मार्टफोन ब्रान्डले शुक्रबार २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोन सार्वजनिक गरेको हो । विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रोपनि सार्वजनिक भएको छ ।
रियलमीले गत वर्ष सार्वजनिक गरेको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो । उक्त स्मार्टफोनमा जिटी २ प्रोले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन् भनेर नयाँपन अपनाएको छ ।
जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ०–५० % चार्ज गर्छ । जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्ले सँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर, नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।
नेपालमा रियलमी जिटी नियो ३ को मूल्य
रियलमी जिटी ३ को १२/२५६ जिबी भेरियन्टको मूल्य ७७ हजार ९९९ रुपैयाँ तोकिएको छ। उपलब्ध रंगहरु नाइट्रो ब्लू र स्प्रिन्ट सेतो रङ्गमा उपलब्ध यो फोनको प्रिबुकिङ आज दराजबाट सुरु गरिएको छ जहाँ प्रयोगकर्ताहरूले रु तीन हजार छुट पाउन सक्छन् ।
रियलमी जिटी २ प्रो को मूल्य
रियलमी जिटी २ प्रो को १२/२५६ जिबी भेरियन्टको मूल्य रु १ लाख ९ हजार ९९९ छ। हालै कागजी सेतो रंगमा मात्र उपलब्ध छ र प्रिबुकरहरूले दराजबाट रुहजार छुट प्राप्त गर्न सक्छन्।