लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पी. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतासँगै अब लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सो बैंकका सम्पूर्ण शाखामार्फत आफ्ना सम्पूर्ण सेवाहरू बैंकका ग्राहकहरूलाई उपलब्ध गराउनेछ । साथै, अब महालक्ष्मी बैंकको सम्पत्ति तथा सो बैंकका ग्राहकहरूको बीमा पनि लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।