लगानीकर्ताले गभर्नर भेट, गभर्नर भन्छन् –सहजीकरण गर्छौ |
काठमाडौं । नेपाल राष्ट्र बैंकमा आज नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटघाट भएकाे छ ।
उक्त भेटमा शेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४÷१२ करोडको क्याप, सीडी र सीसीडी रेसियोको बारेमा गभर्नर अधिकारीलाई अवगत गराइएको संघका अध्यक्ष राधा पोखरेलले बताइन् ।
भेटमा गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्ने बताए । उनले लगानीकर्ताको मागलाई कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाउने जवाफ दिएको संघकी अध्यक्ष पोखरेलले जानकारी दिइन् ।
Visited 1 times, 1 visit(s) today