तिलक कोइरालाले प्रहरी परिसर भित्रैबाट शुरू गरे अनसन |
काठमाडौं । शेयर बजार सुधारका लागि दबाव दिँदै आएका लगानीकर्ताहरुले सिहदरबार प्रहरी परिसर भित्रैबाट आमरण अनसन शुरू गरेका छन् । नेप्से कार्यालय अगाडि आन्दोलन गरिरहेको लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर प्रहरी परिसर सिहंदरबार पुर्याएकाे थियाे । त्यहीबाट उनीहरुले अनसन शुरू गरेका छन् ।
पूँजी बजार सुधार र विकास संर्घष समितिका संयोजक तिलक कोइरालाले सिहदरबार प्रहरी परिसर भित्रै आमरण अनसन सुरु गरेका छन् ।
संयोजक कोइरालाले आमरण अनसन र पक्राउ परेका अर्काे चार जना रिले अनसन शुरु गरेका छन् । रिले अनसन शुरु गर्नेमा नवराज उप्रेती, सिताराम संजेल, नानी बाबु खरेल र पासाङ शेर्पा रहेका छन् ।
शेयर बजारको सुधारको लागि लगानीकर्ताले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् ।
समितिका संयोजन कोइरालाले असार १ गतेदेखि आमरण अनसन बस्ने तयारी गरेका थिए । तर नेप्से घेराउ कार्यक्रमा पक्राउ गरेपछि आजैदेखि अनसन शुरु गरेका छन् ।