वातावरण दिवसको अवसरमा गरिमा विकास बैंकद्वारा वृक्षरोपण’ |
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व वातावरण दिवसको दिन सम्पन्न उक्त कार्यक्रममा बूढानीलकण्ठ वडा नम्बर २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाललगायतको सहभागिता थियो ।
कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।