हाम्रो पात्रोबाट प्रति महिना १० करोडभन्दा बढीको रेमिट्यान्स भित्रियो |
काठमाडौं । हाम्रो पात्रो एपबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाअघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।
यो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरेका छन्। ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो। त्यसै गरी "इन्स्ट्यान्ट ट्रान्सफर" सुविधा चाडै आउने शंकर उप्रेतीले बताए- जस अन्तर्गत पैसा पठाएको केहि समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ।
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।