सेल्सबेरीमा सपिङ गर्ने पाँच जनालाई हेलिकप्टरमार्फत गोसाईंकुण्ड दर्शन गर्ने अवसर |
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा सपिङ गर्ने पाँच जना भाग्यमानी ग्राहकले हेलिकप्टरमार्फत गोसाईंकुण्ड दर्शन गर्ने अवसर प्राप्त गरेका छन् । जिना घिमिरे, स्वर्णम जोशी, शैलेस सुवेदी, स्मिता पाण्डे र दिल सिंजापतीले टिकट जितेका हुन् ।
जिना घिमिरेले बत्तीस पुतली ब्रान्चबाट, स्वर्णम जोशीले लोकन्थली शोरुमबाट, शैलेस सुवेदीले मूलपानी स्टोरबाट, स्मिता पाण्डेले मध्येबानेश्वर स्टोर्सबाट र दिल सिंजापतीले बसुन्धरा स्टोरबाट सपिङ गरेका थिए । सेल्सबेरीको केन्द्रीय कार्यालय सातदोबाटो उपस्थित भइ एक साताभित्र उपहार टिकट लिन विजेताहरूलाई सेल्सबेरीले आग्रह गरेको छ ।
आमाको मुख हेर्ने दिनको अवसरमा सेल्सबेरीमा सपिङ गरी ‘फोन पे’बाट भुक्तानी गर्ने ग्राहक मध्येबाट ५ जनाले लक्की ड्रका आधारमा यो अवसर प्राप्त गरेका हुन् । सेल्सबेरीले आमाको मुख हेर्ने दिन (माता तीर्थ औंशी)को अवसरमा यो अफर ल्याएको थियो । आमालाई गोसाईंकुण्ड दर्शन गराउने लक्ष्यसहित सेल्सबेरीले यो अफर ल्याएको थियो ।