सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले "सेञ्चुरी डबल धमाका" मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रूपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ ।
यसकासाथै यस खातामा साँवा रकमको ८०% सम्म ऋण पनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।
सेञ्चुरी बैंककाे आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएम रहेको छ ।