एनआईसी एसिया र एलआइसी नेपालबीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । सम्झौता पश्चात अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २६५वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीवन बीमा लेख खरिद गर्न सक्ने छन्।
सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोषले हस्ताक्षर गरेका छन्। बैंकका २६५ शाखाका साथै २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र १८ वटा शाखा रहित बैंकिङ इकाइ छन्।
बैंकको वासलातको आकार २१० अर्ब रुपैयाँभन्दा बढि पुगेको छ । त्यस्तै कुलनिक्षेप करिब १७१ अर्ब रुपैयाँ तथा कर्जा १४२ अर्ब रुपैयाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।