योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप पाँचलाई अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको छ ।
बोर्डले जेठ १० गते नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।
बोर्डले आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिभिल बैंक, एनआईविएल समृछि फण्ड २ र आरबीबी म्युचुअल फण्ड १ लाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।
योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०० वटा पुगेको छ ।