आश्वा सदस्यलाई नवीकरण शुल्क बुझाउन बोर्डको निर्देशन |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आश्वा सदस्यता अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । धितोपत्र खरिद सम्बन्धी निर्देशिका अनुसार बोर्डबाट आश्वा प्राप्त बैंक तथा वित्तीय संस्थलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।
वर्ष २०७८/७९ को आश्वा अनुमतिपत्र नवीकरणका लागि २०७९ जेठ मसान्त भित्र भुक्तानी गर्न बोर्डले निर्देशन दिएको छ ।
यस्तै हालसम्म पनि नवीकरणको लागि निवेदन पेश नगरेका आस्वा दसस्यहरुले २०७९ जेठ मसान्त भित्र नवीकरण दस्तुर, सक्कल अनुमतिपात्र र निर्देशिकाले तोकेका योग्यता पुरा भएको विवरण सति निवेदन पेश गर्न पनि बोर्डले अनुरोध गरेको छ ।