नाडेप लघुवित्तलेको हकप्रद शेयरका लागि बुक क्लोजको मिति तोक्यो |
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयरका लागि बुक क्लोजको समय तोकिएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि मंसिर ७ गतेका दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय भएको छ । मंसिर ७ गतेभन्दा अघिल्लो दिन सम्मका शेयरधनीहरुले मात्र हकप्रद भर्न पाइने छ ।
यसअघि नाडेपले गत असार १० गतेदेखि १३ गतेसम्म ४ लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको हो ।
कम्पनीले यही पुँजीबाट १००५ हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि नाडेपको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।