होटल संघले प्लाष्टिकजन्य सामाग्रीको प्रयोग कम गर्दै लग्ने |
काठमाडौं । होटल संघ नेपाल (हान)ले होटलका कोठामा प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नगर्ने अभियानको घोषणा गरेको छ । कोभिडपछिको पर्यटनलाई तीब्र गतिमा लयमा फर्काउने उद्देश्यले होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न अभियानकै रुपमा सञ्चालन गरेको हो ।
जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्य लिएको हो ।
एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरु मूख्य रहेका छन् । आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ । होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।
अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने जन्डै विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।